Mon. Mar 10th, 2025

इंग्ल्याण्डले जित्यो पाकिस्तान विरुद्धको एकदिवसीय सिरिज


६ जेठ, काठमाडौं –


पाकिस्तानसँगको पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज घरेलु टोली इंग्ल्यान्डले जितेको छ ।

अन्तिम तथा पाँचौ खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५४ रनले पराजित गरेसँगै सिरिज ४(० ले जितेको हो । ३५२ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४६।५ ओभरमा सबै विकेटको क्षतिमा २९७ रन मात्रै बनाउन सक्यो ।

पाकिस्तानका लागि कप्तान सर्फराज अहमद ९७ रनमा रन आउट भए । त्यस्तै बाबर अजाम पनि ८० रनमा रन आउट भए ।इंग्ल्यान्डलाई जिताउन क्रिस वोक्सले पाँच विकेट लिए । त्यस्तै, आदिल रशिदले दुई विकेट लिए ।

यसअघि टस जिते पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३५१ रन बनाएको थियो । इंग्ल्यान्डका लागि जोइ रुटले ८४ रन बनाए । त्यस्तै कप्तान इओइन मोर्गनले ७६ रन बनाउँदा इंग्ल्यान्डले ठूलो स्कोर बनाउन सफल भएको थियो ।पाकिस्तानका लागि सहिन शाह अप्रिmदीले चार र इमाद वासिमले तीन विकेट लिए ।

इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो खेल भने वर्षाको कारण रद्द भएको थियो । बाँकी चार खेलमा जित हात पार्दै इंग्ल्यान्डले सिरिज जितेको हो । विश्वकपअघि भएको सिरिजमा गरेको क्लीन स्वीपले इंग्ल्यान्डको मनोबल बढेको छ ।

२०७६ जेठ ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: