३ जेठ, धादिङ –
नेपाल कम्प्यूनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले इतिहासको व्याजले मात्रै सधैँ लोकप्रिय नहुने बताएका छन् ।
२६ औँ मदनआश्रित स्मृति दिवस तथा नेकपा एकताको पहिलो वर्षगाँठको अवसरमा धादिङबेसीमा आयोजित कार्यक्रममा बोल्दै नेता ज्ञवालीले कम्युनिष्ट एकताले नयाँ काम गरेर देखाउने ठुलो अवसर देखाएको बताउँदै यो सुनौलो अवसरलाई देश र जनताको हितमा प्रयोग गर्नको लागि वर्तमान सरकार र पार्टीपंक्ति कहिकतै चुक्नु नहुने तर्क गरे ।
डेढ वर्षको अवधिमा सरकारले केही नगरेको जस्तो देखिएपनि वर्तमान सरकारले धेरै राम्रा र लोकप्रिय कामहरु सुरुवात गरिरहेको बताए । ‘सरकारले उल्कै चमत्कार नै गरेको छ भनेर भन्दिन तर जनतालाई निराशै बनाउने पनि कुनै काम गरेको छैन’ उनले भने, ‘घर बनाउनको लागि जग बलियो बनाउनु परेजस्तै अहिलेको सरकारले ढेड वर्षको अवधिमा बलियो जग बनाएकाले आगामी वर्षदेखि उल्लेख्य प्रगती देखिन्छ ।’
फरक फरक राजनितिक स्कुलिङ र भुमिकाबाट अघि बढेका कम्युनिष्टहरु एक ठाउँमा आउनु नै ठुलो कुरा रहेकाले विभिन्न चुनौतीहरुका बीच पाएको सुनौलो अवसरलाई अब देशको समृद्धिको हितमा जोड्नको लागि सम्पुर्ण पार्टीपङतीलाई नेता ज्ञवालीले आग्रह गरे ।
कार्यक्रम बौल्दै कम्युनिष्ट आन्दोलनमा मदन भण्डारी र जीवराज आश्रितको भुमिकाको चर्चा गर्दै नेता ज्ञवालीले विश्वबाटै हराउदै गइरहेको कम्युनिष्टहरुलाई नेपाली परिवेश र भुगोल अनुसार परिमार्जन गरेर नयाँ नीति अवलम्वन गरेकाले नै अहिले देशको यो अवस्थामा आइपुगिएको र झण्डै झण्डै दुइ तिहाइको सरकार बनाउन सफल भएको बताए ।
कार्यक्रममा नेकपाको पोलिटब्युरो प्रस्तावित नेताहरु राजेन्द्रप्रसाद पाण्डे, गंगालाल तुलाधर क्षेत्र नं २ का साँसद खेम लोहनी, क्षेत्र नं १ का साँसद भुमी त्रिपाठी, ३ नम्वर प्रदेशका मन्त्री शालिकराम जम्कटेल, प्रदेश सभासदस्यहरु रामकुमार अधिकारी लगायतले सम्वोधन गर्दै मदन भण्डारी र जीवराज आश्रितले गरेको योगदानहरुको चर्चा गरेका थिए ।

२०७६ जेठ ३ गते प्रकाशित