Fri. Feb 28th, 2025

भारतीय हेलि उत्तर जान मानेन, राहत अलपत्र

२९ बैशाख, धादिङ – भारतीय हेलिकप्टर उत्तरी धादिङको विकट वस्तीहरुमा जान नमानेपछि गाउँ लैजान तयार गरेर राखिएको चामल सहितको खाद्य सामाग्री पाँच दिन देखि खुल्ला मञ्चमा अलपत्र परेको छ ।

Rahat alapatra 1

गैर सरकारी संस्था फोकस नेपाल धादिङले रि, लापा, सेर्तुङ लगायतका गाउँ विकास समितिको लागि ठिक पारेर राखेको करिब ११ सय बोरा चामल, दाल, नुन, तेल सहित खाद्य सामाग्री रुखको फेदमा ओत लगाएर थन्किएको छ । तर, महाविपत्तको दुई साता वितिसक्दा धादिङको विकट बस्तीहरुमा अझै राहत पुग्न सकेको छैन ।

Rahat alapatra 4

घर भत्किएर विचल्लीमा परेकाहरुका लागि भनेर दुःखका साथ सामान जुटाइयो, गाडीमा लैजान बाटो छैन, हेलिकप्टर कुरेर बसेको पाँच दिन भयो, अझै पाले आएको छैन, फोकस नेपाल धादिङका कार्यकारी निर्देशक एकराज छत्कुलीले भन्नुभयो । उत्तरका विकट वस्तीहरुमा सवारी मार्फत लैजान नसकिने र रि, लापा, तिप्लिङ, सेर्तुङ लगायत उच्च पहाडी र विटक बस्तीहरुमा भारतीय हेलिकप्टर जान नमानेपछि थप समस्या उत्पन्न भएको हो ।

Rahat alapatra 2

 

राहत र उद्धारको लागि विभिन्न कम्पनीहरुको हेलिकप्टर र भारतीय वायु सेवाले संचालन गरेको हेलिकप्टर प्रयोग हुँदै आएको भएपनि ठूला भनिएका भारतीय वायु सेवाको हेलिकप्टर दुर्गममा जान नमान्दा समस्या उत्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले बताउनुभयो । ‘भारतीय हेलिकप्टर दार्खासम्म भए जान्छु त्यो भन्दा माथी जान सक्दिन भन्छ, साना हेलिकप्टरमा पठाउँदा थोरै जान्छ, पराजुलीले भन्नुभयो । साना हेलिकप्टरले एक पटकमा तीन कुण्टल मात्र लैजाने र ठूला हेलिकप्टर त्यस क्षेत्रहरुमा जान नमानेका कारण दाताहरुबाट प्राप्त भएको राहत पनि वितरणको लागि गाउँमा पु¥याउन नसकिएको हो ।

Rahat alapatra 3

सोमबार विहान प्रशासनसंग गाउँ विकास समितिले बुझेर लापा लैजान बाहिर निकालिएको राहत सामाग्री पनि खुल्ला आकाश मुनी नै थन्किएको छ । विहानदेखि सामान तयार गरेर राखियो, हेलि आएन, पानी प¥यो कर्नेल सावले भन्नुभएको आज आउँदैन रे, सोमबार साँझ खुल्ला मञ्चमा सामान कुरेर बस्दै गर्नुभएका लापाका देम्बा तामाङले गुनासो गर्नुभयो । सडक सञ्जालले नछोएको उत्तरी धादिङका रि, लापा, तिप्लिङ, झार्लाङ, सेर्तुङ लगायतका गाउँ विकास समितिहरुमा राहत पु¥याउन कठिन भएको छ ।

Rahat alapatra5Rahat alapatra6

About The Author

अन्य समाचारहरु: