Fri. Nov 29th, 2024

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई व्यवहारिक बनाउन सरकारलाई नेकपाको सुझाव

फाइल फोटो


१६ बैशाख, काठमाडौँ –

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई व्यवहारमा अनुवाद हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पार्टी सचिवालय बैठकले ‘समृद्ध नेपाल स् सुखी नेपाली’को नारालाई व्यवहारमा अनुवाद गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको हो । आगामी २० गते शुक्रबार नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्ने सरकारको तयारी छ ।

नीति तथा कार्यक्रम ल्याउँदा मुलुकमा भएको युगान्तकारी राजनीतिक परिवर्तनलाई व्यवहारमा अनुवाद गर्ने गरी ल्याउन सरकारलाई सुझाव दिइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा नेताहरुले मूलतः संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख समृद्धि, निर्वाचनमा बेला पार्टीले जारी गरेको घोषणा–पत्र र सरकारले हालसम्म गरेका सकारात्मक कामहरुको उपलब्धिहरुको रक्षा र विस्तार हुने कुरामा केन्द्रित भएर नीति तथा कार्यक्रम ल्याउन प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

संघीय संसदको वर्षे अधिवेशन आजबाट सुरु हुँदैछ । आगामी शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको तयारी छ । त्यसपछि सरकारले त्यही नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ । संविधान अनुसार आगामी जेठ १५ गते सरकारले संघीय संसदमा बजेट पेश गर्नेछ ।

२०७६ बैशाख १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: