Thu. Nov 28th, 2024

धादिङका तीन स्थानीय तहमा १५ शैय्याको अस्पताल बन्ने


१६ बैशाख, धादिङ –

पाँच वर्षभित्र देशको सबै स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण हुने भएको छ । निशुल्क आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै निःशुल्क प्रदान गर्ने उद्देश्यले नेपाल सरकारले देशको ७ सय ५३ वटै स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्न लागेको हो ।

पहिलो चरणमा देशको २ सय ५१ स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले जानकारी दिए । पहिलो चरणमा धादिङको तीन स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । गजुरी गाउँपालिकाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र, ज्वालामुखी गाउँपालिकाको मैदी स्वास्थ्य चौकी, त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा निर्माण हुने जनाएको छ ।

आकस्मिक स्वास्थ्य सेवा कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित, प्रभावकारी, गुणस्तरीय तथा सर्वसुलभ बनाई नागरिकको पहुँच स्थापित गर्न १५ शैय्याको अस्पताल निर्माण गर्ने आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा उल्लेख छ ।

 एउटा अस्पताल निर्माण एवं स्तरोन्नतिको लागि साढे ३ करोडदेखि ७ करोड रुपैयाँ सम्म बजेट लाग्ने डा. यादवले बताए ।

२०७६ बैशाख १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: