Fri. Nov 29th, 2024

मनमोहन अधिकारीको स्मृति दिवस मनाइँदै


१३ बैशाख, काठमाण्डौ –

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

विसं १९७८ सालमा काठमाण्डौमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । लामो राजनीतिक संघर्षको क्रममा उहाँले १७ वर्ष जेल जीवन बिताएका थिए ।

पढाइको सिलसिलामा भारतको बनारसमा रहँदा भारत छोडो आन्दोलनमा सहभागि हुँदा उनी बनारसमा जेल परेका थिए। जेलमा भारतीय कम्युनिष्ट नेतासँगको सम्पर्कमा उनी कम्युनिष्ट पार्टीमा संगठित भए ।

अधिकारीले २००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व गरेका थिए । अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री भए ।

उनी नेतृत्वको ९ महिने सरकारले आफ्नो गाउँ आफै बनाउँ, बृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रम सुरु गरेको थियो । मनमोहन अधिकारी सादा जीवनशैली र इमानी नेताका रुपमा पनि चिनिन्छ ।

२०७६ बैशाख १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: