Thu. Nov 28th, 2024

शैक्षिक सामाग्री सहयोग तथा विद्यालय भर्ना अभियान सुरु


२ बैशाख, धादिङ –

विद्यालय भर्ना अभियान धादिण्को थाक्रे गाउँपालिका वडा नं ८ बाट सुरु गरिएको छ । अभियान कार्यक्रम अन्र्तगत यति टायल एण्ड ब्रिक उद्योगका प्रमुख उद्योगी सुयोग श्रेष्ठको अध्यक्षतामा तथा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्यको प्रमुख आतिथ्यमा उद्योगमा कार्यरत मजदुरका बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा बिद्यालय पोशाक हस्तान्तरण गरी शुरुवात गरिएको छ ।

महांकालेश्वरी माबि जनकल्याण आवि र भुवनेश्वरी माविमा अध्ययनरत ६८ जना बालबालिकालाई बिद्यालय भर्ना गरि भर्ना अभियान शुरु गरिएको हो । कापी ,कलम ,बिद्यालय पोशाक गरि प्रति बालबालिका १ हजार ५ सय बराबरको सहयोग गरिएको कार्यक्रम संयोजक प्रदिप श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष आचार्यले बालमैत्री वातावरण शिक्षण गर्न शिक्षकहरु र नियमित बिद्यालय पठाई बालबालिकालाई बिद्यालयमा टिकाउ गर्न अभिभावक सहित सबै सरोकारवालाले सहयोग र सहकार्य गर्नु पर्ने बताए । भर्ना अभियानमा कुनै पनि बालबालिका नछुट्ने गरि कार्य गर्न बिद्यालय व्यवस्थापन समिति र शिक्षकहरुलाई अपिल गर्दै अध्यक्ष आचार्यले कुनै पनि बालबालिका शैक्षिक सामाग्री तथा पोशाक किन्न नसकेर बिद्यालय बाहिर हुनु हुँदैन यदि यस्तो सुचना छ भने बिद्यालयले गाउँपालिकामा खबर गरि सहयोग लिन सकिने पनि जानकारी गराए।

कार्यक्रम प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले शिक्षा पाउनु बालबालिकाको नैसर्गिक अधिकार भएकोले सबै बालबालिका विद्यालय भित्र रहनुपर्ने बताए । यसमा सबै सरोकारवालाको भुमिका हुने हुनाले ग्लोबल फेयरनेश ईनिसेटिभ सँगक‍ो सहकार्यमा ईट्टा उद्योगमा काम गर्ने मजदुरको बालबालिकालाई शैक्षिक बिकासमा सहयोग गरिएको बताए ।

२०७६ बैशाख २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: