Sat. Jan 4th, 2025

हर्नान्डेजप्रेरित म्यानचेस्टरको संघर्षमय जित

लन्डन, कात्तिक २७ (एजेन्सी) दोस्रो हाफमा मैदान प्रवेश गरेका जाभियर हर्नान्डेजले २ गोल गरेपछि एस्टन भिल्लालाई ३(२ को नतिजामा हराउँदै म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा कायम रहेको छ।

२(० ले पछि परेको अवस्थाबाट खेल उल्टाउन युनाइटेड सफल भएको थियो।
भिल्लाका लागि एड्रियस विमानले २ गोल गरेपछि युनाइटेडमाथि सिजनको तेस्रो हारको खतरा बढेको थियो, तर हर्नान्डेजको सनसनीपूर्ण प्रदर्शनसँगै युनाइटेड खेल जित्न सफल भयो। उनले ८७ औं मिनेटमा हेडमार्फत निर्णायक गोल गरेका थिए। पहिलो गोल ५८ औं मिनेटमा गरेका हर्नान्डेजले ६३ औं मिनेटमा गरेको प्रहारमा रोन भ्लारको आत्मघाती गोल भएको थियो।
ुयुनाइटेडेको इतिहास कहिल्यै हार नमान्ने खालको छ,ु सिजनमा आठौं गोल गरेपछि हर्नान्डेजले भने, ुसबैलाई थाहा छ खेल ९० मिनेटको हुनेछ र हामी अन्तिमसम्म संघर्ष गर्नेछौं।ु
दबाबका बीच पनि भिल्लाले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको थियो। क्रिस्टियन बेनटेकेको क्रसमा विमानले पेनाल्टी बक्सबाट गोल गरेका थिए।
दोस्रो हाफमा एस्ले योङको सट्टा हर्नान्डेज मैदान प्रवेश गरेको पाँच मिनेटपछि नै विमानले अर्को गोल थपे। तर त्यसको तीन मिनेटमै हर्नान्डेजले गोल फर्काउँदै युनाइटेडेको सम्भावना जीवित पारेका थिए। मेक्सिकन फरवार्ड हर्नान्डेजको प्रहार विपक्षी गोलकिपर ब्राड गुजानको दुई खुट्टाको बीचबाट छिर्दै गोलमा परिणत भएको थियो। ६३ औं मिनेटमा उनकै प्रहारमा बल भिल्लाका रक्षक भ्लारमा ठोक्किदा बराबरी गोल भएको थियो।
युनाइटेडका गोलकिपर डेभिड डि जियाले भिलाका अस्ट्रेलियन फरवार्ड विमानलाई ह्याट्रिक पुरा गर्नबाट रोकेका थिए। युनाइटेडका रोविन भान पर्सीको दुईवटा आक्रमण क्रसबारमा लागेर फर्केपछि युनाइटेड अग्रता लिनबाट चुकेको थियो। तर खेल सकिन तीन मिनेटअघि भान पर्सीको फ्रि(किकमा हर्नान्डेजले हेड गोल गरेका थिए। लिगमा नवौं जितपछि युनाइेडको २७ अंक पुगेको छ।
त्यसअघि मिकेल अर्टेटाले इन्जुरी समयमा प्रहार गरेको पेनाल्टी रोकेपछि आर्सनल फुलह्यामसँग ३(३ को बराबरीमा रोकिएको छ। बराबरीपछि आर्सेन वेङगरको टोली १६ अंकका साथ सातौं स्थानमा छ।
ओलिभर ग्रिउड र लुकास पोडोलोस्कीको गोलमा २३ मिनेटमै आर्सनलले २(० को अग्रता लिएको थियो। तर डिमिटार बेर्भाटोभ र एलेक्सेन्डर काचानिक्लिकको गोलमा फुलह्याम खेलमा फर्किएको थियो। त्यति मात्र होइन ६७ औं मिनेटमा बेर्भाटोभको पेनाल्टी गोलमा फुलह्यामले अग्रता लिएको थियो। तर त्यसको दुई मिनेटपछि नै ग्रिउडले थियो वाल्कोटको क्रसमा हेड गोल गर्दै खेल बराबरीमा पुर्यातएका थिए। अन्तिम क्षणमा आर्सनल जितबाट विमुख हुनुपर्यो । अर्टेटाले प्रहार गरेको पेनाल्टीलाई विपक्षी गोलकिपर मार्कले रोकेका थिए।
ुयो निराशाजनक नतिजा हो। गोल गर्न गाह्रो भएपनि हामी लगातार गोल गर्न सफल भएका थियौं। रक्षापक्ति पनि ठिकै थियो,ु वेङगरले भने, ुग्रिउड विपक्षीका लागि सधै खतरा बन्ने गर्छन्। त्यो हाम्रो टोलीका लागि राम्रो संकेत हो।ु
अर्को खेलमा एभर्टनले सन्डरल्यान्डलाई २(१ को नतिजामा हरायो। बराबरी गोल गरेका मारोउनीले निकिका जेलाभिकको विजयी गोलका लागि समेत पास मिलाइदिएका थिए। त्यसअघि एडम जोन्सनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै सन्डरल्यान्डलाई अग्रता दिलाएका थिए। वेस्ट ब्रोमविचले विगान एथलेटिक्लाई २(१ ले हरायो। ३१ औं मिनेटमा जेम्स मोरिसनको गोलबाट अघि लागेको खेलमा ग्रे क्लाडवेलले आत्मघाती गोलगरेपछि वेस्ट ब्रोमविचको गोलअन्तर दोब्बर भएको थियो। पहिलो हाफमै विगानका लागि ओरौना कोनेले एक गोल फर्काएका थिए।
साउथह्यामटन र स्वान्सी सिटीले १(१ को बराबरी खेले भने स्टोक सिटीले क्विन्स पार्क रेन्जर्सलाई १(० ले हरायो।

About The Author

अन्य समाचारहरु: