Fri. Nov 29th, 2024

मदन भण्डारी फाउन्डेशनमा थापा, स्पोर्टस एकेडेमीमा अधिकारी चयन

२२ चैत, धादिङ-

मदन भण्डारी फाउन्डेशन र मदन भण्डारी स्पोर्टस एकेडेमी जिल्ला शाखा धादिङको दोस्रो अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सकिएको छ ।

फाउन्डेशनतफ नवगठित समितिको अध्यक्षमा उमेश थापा चयन भएका छन् भने एकेडेमी तर्फ अध्यक्षमा रमेश अधिकारी चयन भएका छन्
३३ सदस्यीय फाउण्डेशनको नयाँ समितिको उपाध्यक्ष पद खाली राखिएको छ भने सचिवमा हरिराम लोहनी चयन भएका छन् ।  त्यस्तै ४५ सदस्यीय स्पोर्टस एकेडेमीको नयाँ समितिको उपाध्यक्षमा मन्दिरा श्रेष्ठ, सचिवमा जीत सिटौला र सह सचिवमा राजु तामाङ चयन भएका छन् ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्ने अधिकाँश बक्ताहरुले नेकपाको एकता प्रक्रिया चाँडै टुङिगने बताएका थिए । जिल्ला तथा स्थानीय तहमा एकीकरण हुन केही ढिलाइ भएकाले कार्यकर्ताहरुमा देखिएको अन्योलतर्फ इङिकत गर्दै नेताहरुले नेकपाको एकता प्रक्रिया कालीगण्डकी र त्रिशुली नदीको मिलन भएर नारायणी बनेको जस्तै भएकाले अव नेकपा पनि नारायणी नदीजस्तै बनेको र कुनैपनि हालतमा एकता प्रक्रियामा अवरोध नआउने टिप्पणी गरेका थिए ।

मदन भण्डारी फाउन्डेशन ३ नम्वर प्रदेशका संयोजक एवं नुवाकोट जिल्लाका प्रदेश सांसद केशव पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको दोस्रो अधिवेशनमा निर्वाचन क्षेत्र नं १ का साँसद भुमी त्रिपाठी, क्षेत्र नं २ का साँसद खेम लोहनी, प्रदेश साँसद डाक्टर राम कुमार अधिकारी, जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपाल लगायतका नेताहरुले सम्वोधन गर्दै नेपाली राजनितिमा मदन भण्डारीको योगदानको चर्चा गरेका थिए ।

२०७५ चैत २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: