Wed. Jan 22nd, 2025

घर भत्केका पीडितलाई दुईलाख दिने मन्त्रिपरिषदको निर्णय

Sushil-Koirala-and-Ramsharan-Mahat

काठमाडौं । मन्त्रिपरिषदले भूकम्पबाट घरमा क्षति भएका पीडितहरुलाई दुई लाख रुपैयाँ क्षतिपूर्तिस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । सरकारी निर्णयमा अर्थमन्त्रीले असहमति जनाएको एक मन्त्रीले अनलाइनखबरलाई बताए ।

घरहरुको पूर्ण क्षति संख्या २ लाख ८९ हजार ९ सय ५५ रहेको छ भने आंशिक क्षतिभएका घरको संख्या २ लाख ५१ हजार ८ सय ७२ आाकलन गरिएको छ,’ मन्त्रिपरिषद बैठकपछि एक मन्त्रीले भने-‘ क्षति भएका प्रत्येक घर परिवारलाई पुनर्निमाणका लागि दुईदाख रुपैयाँ दिने क्याबिनेटले निर्णय गरेको छ ।’

अर्थमन्त्रीको आपत्ति
स्रोतका अनुसार पीडित घर परिवारलाई क्षतिपूर्ति दिने प्रस्ताव उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम र प्रधानमन्त्री सुशील कोइराला दुबैले ल्याए पनि अर्थमन्त्री डा। रामशरण महतले असन्तुष्टि व्यक्त गरेका थिए । राजस्व पनि कम उठ्ने अवस्था रहेको र त्यसरी नगद रकम वितरण गर्दा विदेशी दाताहरुले पनि नरुचाउने भएकाले अहिले नै त्यसरी नगद रकम वितरण गर्नु उपयुक्त नहुने मन्त्री महतले बैठकमा बताएका थिए । घर पुनर्निमाणका लागि राज्यले प्रतिघर दुई लाख रुपैयाँ उपलब्ध गराउनका लागि राज्य कोषमा ठूलो धनराशी आवश्यक पर्छ ।

पूर्णरुपमा क्षति भएका २ लाख ८९ हजार ९ सय ५५ घरलाई मात्रै यो रकम वितरण गर्ने हो भने ५७ अर्ब ९९ करोड १० लाख रुपैयाँ जुटाउनुपर्ने हुन्छ । यसअघि पनि गृहमन्त्री वामदेव गौतमले नगद रकम वितरण गर्ने कुरा गर्दा अर्थमन्त्रीले राष्ट्रको ढुकुटीमा रहम नभएकाले पपुलर हुनका लागि यस्तो निर्णय गर्न नमिल्ने बताएका थिए । सरकारले भूकम्पमा परी मृत्यु भएका पीडितका परिवारलाई ४० हजारका दरले किरियाखर्च उपलब्ध गराउने यसअघि नै निर्णय गरिसकेको छ । त्यसैगरी मृतकका परिवारलाई एक लाखका दरले राहत दिने सरकारले यसअघि नै निर्णय गरिसकेको छ ।
अनलाइनखबरबाट

About The Author

अन्य समाचारहरु: