Fri. Nov 29th, 2024

प्रदेश-३ सरकारद्धारा हावाहुरी प्रभावितलाई १ करोड सहयोग


१९ चैत, काठमाडौं –

प्रदेश ३ सरकारले बारा पर्सा लगायतका आँधीबेहरी पीडितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश २ सरकारमार्फत एक करोड सहयोग गर्ने निर्णय गरेको हो ।

‘हावाहुरीका कारण घरबारविहीन जनताको आवास निर्माणमा राहत स्वरुप प्रदेश २ सरकार मार्फत एक करोड सहयोग दिने निर्णय भएको छ,’ सामाजिक विकासमन्त्री युवराज दुलाल (शरद) ले भने ।

पीडितका लागि राहत सहयोगका लागि सरकारदेखि, राजनीतिक दल, राजनीतिक दलका भ्रातृ संगठन, बिभिन्न संघसंस्था र व्यक्तिसम्म सक्रिय छन् ।

आँधीहुरी आएको भोलिपल्टै प्रदेश २ सरकारले मृतकका परिवारलाई जनही ३ लाख रुपैयाँ राहत सहयोग घोषणा गरेको थियो । प्रदेश २ सरकारले मुख्यमन्त्री राहत कोष खडा गरेर नगद सहयोग संकलन गरिरहेको छ ।

राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बर १२२०५०३०००००० मा सहयोग रकम जम्मा गर्न सकिन्छ । साथै मोबाइल बैंकिङबाट पनि कोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।

 

२०७५ चैत १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: