१४ चैत, धादिङ-
गजुरी गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार वडा नं. ८ मा रहेको किराञ्चोक स्वास्थ्य चौकी मातहत रहने प्रसुति प्रतीक्षा घरको शुभारम्भ भएको छ । कार्यक्रमको एक समारोहको बिच गाउँपालिका अध्यक्ष राजेन्द्र बस्नेतले शुभारम्भ गरेका हुन् ।
शुभारम्भ समारोहलाई सम्बोधन गर्दै सबै गर्भवती महिला तथा जन्म लिने नवजात शिशुको जीवन रक्षाको सुनिश्चितता र आमा सुरक्षाको लागि यो कार्यक्रमको शुरूवात गरिएकोले यसको सहि सदुपयोगमा सबै सचेत नागरिकले ध्यान दिनु पर्नेमा जोड दिए ।
हाल सम्म गाउँपालिका भित्र रहेको तीन वटै स्वास्थ्य संस्थामा यो कार्यक्रम शुरु भएको र आगामी वर्ष भित्र बाँकि रहेका पाँच वटै वडामा समेत स्वास्थ्य चौकीको स्थापना गरि अघि बढ्न यसै वर्ष देखि तयारी थालिएको अध्यक्ष बस्नेतले बताए। साविक गा.वि.स. अनुसार एक एक वटा एम्वुलेन्स हस्तातरण गर्ने कार्यक्रम अनुुसार यसै आर्थिक वर्ष भित्र किराञ्चोक स्वास्थ्य चौकीमा पनि एम्वुलेन्स उपलब्ध गराउने जानकारी दिए ।
२०७४ चैत १४ गते प्रकाशित