१७ फागुन, धादिङ –
विदेशी लगानीलाई नेपाल भित्राउन प्रोत्साहन गर्न सिके मात्र देशको आर्थिक विकास हुने सभामुख कृष्णबहादुर महराले बताएका छन् ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं २, ताल्तीमा संचालन हुन लागेको ह्वासिन सिमेन्ट उद्योगको शिलान्यास गर्दै सभामुद महराले आफूमा भएको श्रोत साधनलाई सहि तरिकाले प्रयोग गर्न सके सिमेन्ट उद्योग नेपालकै ठूलो प्रतिष्ठा, पहिचानको रुपमा विकास हुने बताए ।
उद्योग शिलान्यास गर्दै सभामुख महराले प्रशस्त स्रोत साधन भएर पनि उद्योगको विकासमा नेपालले फड्को मार्न नसकेको बताए । ‘नेपालको स्रोत साधनको भरपुर उपयोग गर्नको लागि विदेशी लगानी आवश्यक रहेको छ’, सभामुख महराले भने, ‘विदेशी लगानी र नेपाली श्रम र सिप उपयोग गरेमा मात्रै आर्थिक समृद्धि सम्भव छ ।’ छिमेकी देशले दिएको सहयोग उठाउन नसके देशको लागि दुभाग्य हुने बताए ।
नेपालको आर्थिक क्षेत्रमा प्रचुर सम्भावना रहेको भन्दै सभामुख महराले श्रम, सीप लगानी गरे मात्र देशले कोल्टे फेर्न सक्ने बताए ।
भविष्यमा हुने प्रतिफलका आधारमा उद्योगको प्रवद्र्धन र संरक्षणमा ध्यान दिनुपर्ने उनले बताए । नेपालमा सिमेन्ट उद्योगको सम्भावना रहेको बताउँदै उनले नेपाल सरकारले तयार पारेको मापदण्ड अनुसार चल्नुपर्ने बताए । सिमेण्ट उद्योगले आफुलाई चाहिने कच्चा पदार्थ स्थानीय सामाग्रीको प्रयोग गरेर आंफै उत्पादन गर्नुपर्नेमा जोड दिए ।
२०७५ फागुन १७ गते प्रकाशित