Fri. Nov 29th, 2024

राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ : पूर्व राष्ट्रपति यादव

१७ फागुन, धादिङ –

पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । सदरमुकाम धादिङबेसीमा शुक्रबारदेखि सुरु भएको धादिङ पर्यटन तथा औद्योगिक मेलाको उद्घाटन कार्यक्रममा बोल्दै डा.यादवले हिमाल, पहाड र तराईबीच बलियो एकता कायम गरेर मात्रै मुलुकलाई अग्रगतिको बाटोमा अघि बढाउन सकिने बताए । लोकतान्त्रिक प्रणालीमार्फत् मुलुकलाई समृद्ध बनाउन सबै पक्ष अग्रसर हुनुपर्ने बताए ।

देशमा धेरै उतावचढावको बाबजुत पनि देशमा इतिहासकै राम्रो संविधान आएको बताए । ‘संविधान मार्फत देश संघिय लोकतान्त्रिक गणतन्त्रमा छ, जनताको प्रतिनिधिहरु हरेक निकायमा छन्’, डा.यादवले भने, ‘संविधान मार्फत जनप्रतिनिधिहरुले आत्मसाथ गर्दै देशलाई अघि बढाउने जिम्मा सबैको हो ।’ संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन पनि सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराए ।

गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति समेत रहेका डा.यादवले जुन संविधानलाई आत्मसाथ गर्दै जारी भएको छ, त्यो जनता सार्वभौम भएको छ, जनता देशका मालिक भएका छन्, त्यसलाई सबैले सम्मानका साथ हेर्नुपर्ने बताए । ‘जनताका जनप्रतिनिधि तीन तहमा बाँडिएका छन्’, डा.यादवले भने, ‘अब संविधानलाई आत्मसाथ गर्दै देशलाई समृद्धिको बाटोतर्फ लम्काउनुपर्छ ।’ देशको एकतालाई कसरी कायम राख्ने र समाजिक सद्भाव कसरी जोड्ने भन्ने विषयमा आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।

धादिङ जिल्ला कृषि, पर्यटन, धार्मिक स्थलको प्रचुर सम्भावना भएको जिल्लाको रुपमा भएको भन्दै यसको संरक्षण तथा प्रवद्र्धनका लागि धादिङबासी एकजुट हुनुपर्नेमा उनले जोड दिए । बन्न लागेको बुढीगण्डकी जलविद्युत आयोजनाको उत्पादनको सम्भावनालाई तीन तहका सरकारले प्राथमिताका साथमा राखेको उनले बताए ।

२०७५ फागुन १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: