Mon. Mar 10th, 2025

धादिङमा डण्डीबियो प्रतियोगीता सम्पन्न , अमरावती मा.वि प्रथम

७ फागुन, धादिङ –

धादिङबेसीमा तिन नि सम्म चलेको डण्डीबियो प्रतियोगीता सम्पन्न भएको छ । जिल्ला स्काउट कार्यालय धादिङ र नेपाल डण्डीबियो संघको संयुक्त आयोजनामा भएको खेल तीनदिनसम्म संचालन भएको थियो ।

जिल्लामा आयोजना गरिएको प्रतियोगीतामा ४३ विद्यालय सहभागी भएका थिए । जसमध्ये कुमारी देवी माध्यमिक विद्यालय ज्याङरुङ चौथो स्थान हासिल गरेको छ र ,रानीपौवा माध्यमिक विद्यालय सल्यान्टार तेस्रो स्थान हासिल गरेको छ भने निलकण्ठ माध्यमिक विद्यालय धादिङबेसीले दोस्रो स्थान हासिल गरेको छ यसैगरी अमरावती माध्यमिक विद्यालय मैदीले डन्डीवियो प्रतियोगिताको उपाधी जितेको छ ।

जिल्लामा पहिलो पटक आयोजना गरिएको डण्डीबियो प्रतियोगीताका लागि प्रशिक्षण समेत गरिएको छ । नयाँ पुस्तालाई खेल सम्वन्धी ज्ञान दिएर लोप हुने अवस्थामा पुगेको डण्डीबियो खेलको जर्गेना गर्न प्रतियोगीताको आयोजना गरिएको नेपाल स्काउट धादिङका जिल्ला समन्वय आयुक्त शिवराज सापकोटाले बताए ।

नयाँ पुस्तालाई खेल सम्वन्धी ज्ञान दिएर लोप हुने अवस्थामा पुगेको डण्डीबियो खेलको जर्गेना गर्न प्रतियोगीताको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । खेललाई संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई खेलको महत्वका वारेमा स्पष्ट पार्ने नेपाल स्काउटका जिल्ला आयुक्त विनोदमान श्रेष्ठले वताए ।

२०७५ फागुन गते प्रकाशित

About The Author

अन्य समाचारहरु: