Thu. Nov 28th, 2024

न्यु किर्वो बोडिङको अभिभावक दिवस तथा विज्ञान शैक्षिक प्रदशर्नी

५ फागुन, धादिङ –

जिल्ला सदरमुकाम स्थित पुछारबजारमा रहेको न्यु किवो बोडिङ स्कुलले १७ औ अभिभावक दिवस बृहत साँस्कृतिक कार्यक्रम तथा विज्ञान शैक्षिक सामाग्रीहरुको प्रदर्शनीको साथमा मनाएको छ । विद्यालयमा अध्ययनरत विद्याथीहरुले बनाएका शैक्षिक सामाग्रीहरु र विज्ञानका प्रदर्शन गरिनुका साथै चर्चित लोक गायक विमलराज क्षेत्रीले लोक सास्कृतिक प्रस्तुती दिएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुङगालाले विद्यार्थीहरुले गरेको विज्ञान प्रदशनीलाइ चाखपुर्वक अवलोकन गरेका थिए ।

विद्यालयका अध्ययनरत बालबालिकाको प्रतिभा अभिभावकहरुलाइ समेत देखाउनको लागि अभिभावनक दिवसको अवसर पारेर प्रदशर्नी समेत राखिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले जनचेतनामुलक नाटक, देशको सास्कृतिक विविधता झल्काउने नृत्य तथा तेक्वान्दोको खेलकौशल प्रर्दशन गरेका थिए ।

कार्यक्रममा अभिाभावकहरुवीच चिठ्ठा समेत आयोजना गरि आगामी शैक्षिक सत्रमा चिठ्ठामा प्रथम, दितिय र तृतिय भएका अभिभावकहरुलाइ आगामी शैक्षित्र सत्रको मासिक शुल्कमा क्रमशः ७५ प्रतिशत, ५० प्रतिशत र २५ प्रतिशत छुट दिइने विद्यालयका प्रधानाध्यापक प्रयास रेग्मीले बताए ।

कार्यक्रममा बोल्दै अभिभावकहरुले शिक्षाको अलावा विद्यार्थीहरुलाइ अधिकतम रुपमा अतिरिक्त क्रियाकलापमा सामेल गराउन पनि आग्रह गरेका थिए । अभिभावक दिवसकै अवसर पारि शैक्षिक सत्र २०७४ मा एस इ इ दिएर पासआउट भएका विद्यार्थीहरुलाइ विदाइ गरिएको थियो भने २०७४ को शैक्षिक सत्रको उत्कृष्ट शिक्षकको रुपमा उदय लामिछानेलाइ सम्मान गरिएको थियो ।

२०७५ फागुन ५ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: