Sat. Mar 15th, 2025

आफु हाबी नेतृत्वका कारण समृद्धि अवरुद्ध भयोः संयोजक भट्टराई

२ फागुन, लमजुङ

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले आफू पनि गर्न नसक्ने अरुलाई पनि गर्न नदिने शीर्ष नेताहरुको शैलीले देशको समृद्धिको अभियान अवरुद्ध भइरहेको बताएका छन् ।
पुष्पलाल लोकमार्गमा सञ्चालित एक महिने जनसंवाद यात्राअन्तर्गत बिहीबार लमजुङको सुन्दरबजार पुगेका भट्टराईले इतिहासको कथा सुनाएर विकास हुँदैन, कि आफूले क्षमता विकास गर्न सक्नुपर्‍यो नसके नयाँ पुस्तालाई मार्गप्रशस्त गर्नुपर्‍यो । मात्र कुर्सी ओगटेर देशलाई पछाडि नधकेलौं बताए । हिजो लडाईं र क्रान्तिमा अब्बल देखिएका नेताहरु विकास र समृद्धिको नेतृत्व गर्न कमजोर देखिएको आरोप लगाए ।

आउँदा केही दशकहरु असाध्यै महत्वपूर्ण हुने भन्दै राजनीतिक नेतृत्वले यसलाई ध्यान दिन नसक्दा मुलुक थप पिछडिने उनको तर्क थियो ।
क्रान्तिको नेतृत्व गर्ने क्रान्तिकारीहरु सत्तामा पुगेपछि विचलित हुने रहेछन्, उनले भने आन्दोलनमा ज्यानै दिन तयार हुनेहरु सत्तामा पुगेपछि जनताविरुद्ध काम गर्न थाल्दारहेछन्, सत्ताको चास्नीमा डुब्नेरहेछन् । भ्रष्टाचार र ठूला काण्डहरुमा मुछिने रहेछन् ।

असल राजनीति अर्थात् राजनीतिलाई सफा गर्ने कुरा कुनै अलौकिक कुरा होइन, यो लोकतन्त्रलाई बलियो बनाउने कुरा हो र नागरिकको भूमिकालाई बलियो बनाउने काम हो, उनले संविधान निर्माणका प्रसंगहरु स्मरण गर्दै भने संविधानमा हामीले स्थानीय तहका २२ वटा अधिकार लेखेकै छौं । यस्तो अभ्यास संसारमा कतै पनि छैन ।
उहाँले वर्तमान सरकारले स्थानीय तहको अधिकार अहिले खोस्ने दुस्प्रयास गरिरहेको आरोप लगाउनुभयो ।स्थानीय जनप्रतिनिधिले आफ्नो पार्टी भन्नुभयोर चुप नबस्नुस् । संविधानले दिएको अधिकार लिन यहाँहरुले भूमिका खेल्नैपर्छ, डा. भट्टराईले भने जनतालाई कमजोर बनाउन खोज्ने नेताहरु लोकतन्त्रवादी हुन सक्दैनन् ।

युवाको पलायन र बसाईंसराई रोक्दा मध्यपहाडी लोकमार्ग सुरु गरिएको स्मरण गर्दै डा. भट्टराईले भने यसलाई सम्पन्न गरेर आसपास स्थानीय अर्थतन्त्रको विकास गर्न सके पहाडमा बसाईंसराई रोकिने मात्र होइन, युवाहरु विदेशिने क्रम पनि बन्द हुन्छ ।ु सरकार युवालाई स्वरोजगार बनाउनेभन्दा विदेश निर्यात गर्न तल्लीन रहनुलाई उहाँले बिडम्बनापूर्ण अवस्थाको रुपमा चित्रित गरे ।

२०७५ फागुन २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: