Mon. Mar 10th, 2025

हिरो महिला गोल्डकपमा नेपालले भारतलाई २–१ ले हरायो


२९ माघ, धादिङ –

भारतको उडिसामा भैरहेको हिरो गोल्डकप फुटबल प्रतियोगिता अन्तरर्गत नेपालले भारतलाई २–१ गोलले हराएको छ ।

भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको खेलमा नेपालले नेपालले दक्षिण एसियाकै पावर हाउस मानिने भारतलाई दुई–एकले हराएको हो । खेल सुुरु भएको पाँचौ मिनेटमै नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै अग्रता दिलाएकी थिइन् ।

त्यसको एक मिनेटमै फेरि नेपाली खेलाडीले प्रहार गरेको बललाई भारतीय गोलकीपर अदिती चौहानले नै जाली चुमाइन् । उपहार गोलमार्फत नेपालले अग्रता दोब्बर बनायो ।

खेलको ८४औँ मिनेटमा भारतका लागि रत्नाबाला देवीले फ्रीकिकमार्फत गोल गरिन् ।

पहिलो खेलमा म्यानमारसँग तीन(शून्यले पराजित भएको नेपाल विजय लक्ष्यका साथ मैदान उत्रिएको थियो । जितसँगै म्यानमारले तालिकामा तीन अंक जोडेको थियो । नेपालले आजको जितसँगै तीन अंक जोडेको छ । आजको खेलमा जित हात पारेसँगै नेपालको उपाधि होड कायमै छ । आउँदो बुधबार नेपालले इरानसँग खेल्नेछ ।

आजै भएको अर्को खेलमा म्यानमारले इरानलाई २(० ले हराएको थियो । आजको जितसँगै अंकतालिकामा म्यानमारको ६ अंक भएको छ भने दुवै खेल हारेको इरान भने अंकविहीन रहेको छ । पहिलो खेलमा इरानलाई हराएको भारतको पनि तीन अंक रहेको छ ।

प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान रहेका छन् । साफ र ओलम्पिक छनोटको तयारीस्वरुप भारतले प्रतियोगिताको आयोजना गरेको हो ।

२०७५ माघ २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: