
२८ माघ, भारत –
बिरगन्जको सिमावर्ती क्षेत्ररक्सौलको सुगौली रेल्वे खण्ड अन्तर्गत कंगना ढाला नजिकै रेलमार्गमा २ किशोरीको शव फेला परेको छ । उनीहरुको निकै भयानक मृत्यु भएको पाईएको छ ।
मृतक एक जनाको शव खुट्टा काटिएको अवस्थामा र अर्कोको टाउको नै काटिएको अवस्थामा शव फेला परेको हो । बिद्यार्थी परिचयपत्रको आधारमा उनीहरुको पहिचान खुलेको छ । मृतकहरुवीरगञ्जको पब्लिक कलेजका कक्षा ११ मा पढने छात्रा भएको खुलेको छ ।
उनीहरु एक जना पर्साको कलिकामाई गाउँपालिका २ भेडिहारी बस्ने निभा विपीसी र अर्की छात्रा पनि सोही गाँउपालिका ३ हरिहरपुर बस्ने किरण चौरसिया रहेका छन् । वीरगञ्जको रानीघाटमा डेरा गरी बस्दै आएका उनीहरुको केही दिनपछि बिवाह हुने तयारीसमेत भएको खुलेको छ । नेपाली छात्राहरुको हत्या हो की आत्महत्या यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
२०७५ माघ २८ गते प्रकाशित