Sat. Mar 15th, 2025

समायोजन कर्मचारीले रोजेकै ठाउँमा पाउने

२४ माघ, काठमाडौं –

समायोजन फाराम भरेको कर्मचारीमध्ये अधिकांश कर्मचारीको समायोजन उनीहरूले रोजेकै ठाउँमा हुने संघीय मन्त्रालयले जनाएको छ। समायोजन महाशाखाले ८० प्रतिशतभन्दा बढी कर्मचारीको समायोजन उनीहरूले रोजकै तहमा हुने बताएको छ।

प्रदेश ३ र काठमाडाैं महानगरपालिकाको हकमा भने कर्मचारीले राजेको ठाउँमा समायोजन हुने निश्चित नभएको मन्त्रालयको भनाइ छ। समायोजन फाराम भर्दा करिब ५ हजार कर्मचारीले प्रदेश ३ र करिब ३ हजार कर्मचारीले काठमाडौं महानगरपालिकलाई पहिलो रोजाइ बनाएको संघीय मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी गराए।

अन्य ठाउँको तुलनामा प्रदेश ३ र काठमााडौं महानगरपालिकलाई कर्मचारीले पहिलो रोजाइ बनाएको पनि उनले जनाए।  समायोजन फाराम भरेका कर्मचारीमध्ये ८० प्रतिशतभन्दा बढी कर्मचारीको समायोजन उनीहरूले राजेकै ठाउँमा हुने पनि उनले दाबी गरे।

सरकारले गत माघ २ सम्म समायोजन फाराम भर्न कर्मचारीलाई आह्वान गरेको थियो। सरकारको आह्वान स्वीकार्दै ७७ हजार ३४ कर्मचारीले समायोजन फाराम भरेका थिए। तीमध्ये ३५ हजार ३ सय ६४ कर्मचारीले संघलाई पहिलो प्राथमिकता दिएर फाराम भरेका थिए।

यसैगरी १४ हजार २ सय ९ कर्मचारीको पहिलो रोजाइ प्रदेश र २७ हजार ४ सय ६१ कर्मचारीले स्थानीय तहलाई पहिलो प्राथमिकता दिएको मन्त्रालयले जनाएको छ। समायोजन फाराम भर्दा कर्मचारीहरूलाई ४–५ वटा विकल्प छान्ने अवसर दिइएको थियो। करिब १० हजार निजामती कर्मचारीले भने समायोजन फाराम भरेका छैनन्।

यता संघीय मन्त्रालयले फागुनभित्र समायोजनको सबै काम गरिसक्ने दाबी गर्दै आएको छ। निजामती किताबखानाका अनुसार हाल ८९ हजार कर्मचारी कार्यरत छन्। जसमध्ये करिव ३ हजार दरबन्दी रिक्त रहेको मन्त्रालयको भनाइ छ। पछिल्लो ओएनएम रिपोर्टामा संघमा ४७ हजार ९ सय २० दरबन्दी कायम गरिएको छ। यसैगरी, प्रदेशमा २२ हजार ८ सय ९५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी आवश्यक पर्ने देखाइएको छ।

२०७५ माघ २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: