Mon. Mar 17th, 2025

धादिङ समाज कोरियाको अध्यक्षमा पुनः सन्तोष अधिकारी


२१ माघ, धादिङ –

धादिङ समाज कोरियाको छैटौँ अधिबेशनबाट अध्यक्षमा पुनः सन्तोष अधिकारी चयन भएका छन् । कोरियाको राजधानी सियोल स्थित नेपाल हाउसमा सम्पन्न छैटौँ अधिवेशनबाट त्रिपुरासुन्दरी गाउँपालिका –७ जलजलेका अधिकारी निर्वाचित भएका हुन् ।

अन्य पदहरुमा भने फेरि बदल भएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मनोज थापा, उपाध्यक्षमा रमेश श्रेष्ठ र गंगा लोहनी, महासचिवमा प्रेम गुरुङ, सचिवमा अतिज ब. घले र राम ब. आचार्य, कोषाध्यक्षमा सुवास सिंखडा र सदस्यहरुमा दिपक थापा काजी, कन्चनश्री आचार्य, दिनेश रिजाल, धुर्ब थापा, रामचन्द्र सिंखडा रहेका छन् ।

एनआरएनए आईसिसि कोरिया प्रतिनिधी प्रकाश धमलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त भेलामा प्रदेश ३ एकता समाजका अध्यक्ष किश्वर ब्लोन नियोग, एनआरएन कोरियाका उपाध्यक्ष साजन शर्मा र विभिन्न जिल्लाका प्रतिनिधि तथा अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

यसै कार्यक्रमको अवसरमा संस्थाको सामाजिक कृयाकलापमा उत्कृष्ट कार्य गर्नेहरुलाई उत्कृष्ट अवार्ड सहित सम्मान गरिनुको साथै रिदम लाईभ कन्सर्ट ७ सांगीतिक धमाकामा सहयोग गर्ने सहयोगीहरुलाई कदर पत्र हस्तान्तरण र संरक्षक तथा सल्लाहकारहरुलाई सम्मान पनि गरिएको थियो ।

२०७५ माघ २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: