Wed. Nov 27th, 2024

त्रिपुरासुन्दरी गाउँपालिकामा मेगा बैंकको शाखा बिस्तार

२१ माघ, धादिङ –

मेगा बैक त्रिपुरासुन्दरी गाउँपालिकाको शाखा सल्यान्टारमा एक कार्यक्रमका बिच औपचारिक रुपमा उद्घाटन गरिएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष शम्भु कुमार थापाले सो शाखाको विधिवत रुपमा उद्घाटन गरेका हुन् ।

२०७५ साल जेठ १८ गतेबाट ९४ औँ शाखाको रुपमा सेवा सुरु गरेको सो शाखामा हालसम्म १५ सय भन्दा बढी संस्थागत तथा व्यक्तिगत ग्राहकहरु रहेका छन् ।  मेगा बैकको अहिलेसम्म देशभर १ सय ३ शाखा, १९ एक्टेन्सन काउन्टर, ८५ एटीएम, १ सय १९ शाखा रहित बैकिङ सेवा र २४ सय भन्दा बढी एजेन्टहरु रहेको छ ।

यस बैंक साखाले यस क्षेत्रका बासिन्दालाई विश्वास लिदै व्यक्तिगत र सस्थागत गरी १६५० भन्दा बढि खाता खोल्न सफल भएको छ भने २८ करोड ५० लाख भन्दा बढिको निक्षेप संकलन तथा १ करोड भन्दा बढि रकम कर्जा प्रवाह गरेको छ ।

गाउँपालिका र वरीपरीको क्षेत्रको आर्थीक विकासको लागि गुणस्तरीय सुरक्षित सरल बैंकिङ सेवा पु¥याई समग्र पालिकाको समुन्नतीमा आफु र आफ्नो टिम प्रतिवद्ध रहेको साखा प्रवन्धक देवेन्द्र गिरीले जानकारी दिए ।

२०७५ माघ २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: