२० माघ, धादिङ –
अरुणिमा शैक्षिक प्रतिष्ठानले आफ्नो ३४औ स्थापना दिवस स्मारिका लोकार्पण, व्यक्तित्व अभिनन्दन तथा विविध साँस्कृतिक कार्यक्रमसहित सम्पन्न गरेको छ ।
स्थापना दिवसको अवसरमा प्रतिष्ठानले सामाजिक व्यक्तित्व तर्फश्री मिक्सु लामा र ठूलीमाया रिसाल, बरिष्ठ साहित्यकार, पत्रकार तथा सामाजिक अभियन्ताश्री बिजय चालिसे र शिक्षक तथा कर्मचारीका तर्फबाट तेज प्रकाश ढुङगेललाई सम्मान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि बिश्व बिद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा. डा. देबराज अधिकारीले राष्ट्रको बिकासमा अतुलनीय योगदान पु¥याउदै आएको अरुणिमाले आगामी दिनहरुमा अझै गुणस्तरीय शिक्षा प्रदान गर्दै आफूलाई उत्कृष्ट बिद्यालयको रुपमा स्थापित गराउन सकोस भन्ने धारणा सहित शुभकामना व्यक्त गरे ।
ज्ञानरुपी ज्योतिले अज्ञानरुपी अन्धकारलाई हटाउने महान संकल्प बोकेर काठमाडांैको आरुवारी बि.सं.२०४२ सालमा स्थापित संस्था यो स्थानसम्म आउँदा आफूलाई त्रिनेत्रको रुपमा स्थापित गराउन सफल भएको छ । गुठियारहरुको सहयोगमा शैक्षिक गुठीकारुपमा संचालित यस प्रतिष्ठानले अरुणिमा मा.वि., बौद्ध, नव अरुणिमा मा.वि., आरुवारी एवम अरुणिमा शिशु सदन मा.वि., महाँकालसमेतको सुव्यवस्थापन गर्न सफल भैसकेको छ । कार्यक्रममा तीनैवटा शैक्षिक संस्थाका बिद्यार्थी,अभिभावक तथा शुभचिन्तकहरुको उल्लेखनियउपस्थिती रहेको थियो भने बिद्यार्थीहरुले नेपाली भेष भूषा र संस्कृति झल्कने बिभिन्न साँस्कृतिक कार्यक्रमको प्रस्तुति समेत गरेका थिए ।
२०७५ माघ २० गते प्रकाशित