२० माघ,धादिङ
प्रदेश सरकारले ३ नम्वर प्रदेश भित्र रहेका विकासका सम्भावनाहरुलाइ प्राथमिकताकरण गरी काम कारवाही अघि बढाइरहको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशनाथ ढुङगेलले बताएका छन् ।
नीलकण्ठ नगरपालिकाको वडा नं १४ धुवाकोट स्थित ल्होसार कार्यक्रमलाइ सम्वोधन गर्न जाने क्रममा धादिङवेशीमा संचारकर्मीहरुसग कुराकानी गर्दै मन्त्री ढुङगेलले ३ नम्वर प्रदेशमा जुन कुराको सम्भावना बढी देखिएको छ त्यसलाइ प्राथमिकतामा राखेर योजना बनाएको बताएका छन् । ३ नम्वर प्रदेशमा जलाधार को सम्भावनालाइ बढी भएकाले जलविद्यूतलाइ प्राथमिकता दिएको, कृषिप्रधान देश भएको र जुनसुकै मौषममा पनि खेतीपाती गर्नको लागि सुहाउदो मौसम भएकाले कृषिलाइ प्राथकितामा राखिएको र पर्यटन क्षेत्रलाइ पनि प्राथमिकतामा राखेर योजनाहरु बनाइएका उनले बताए । विद्युत उर्जाबाट आगामी वर्षभित्र प्रदेशको पहिचान सहित ३ नम्वर प्रदेशका विभिन्न सहरहरुमा ३० वटा विद्यूतीय बस चलाउने समेत योजना बनाइएको मन्त्री ढुङगेलले बताए ।
प्रदेशको नाम र राजधानीको विषयमा संचारकर्मीहरुको जिज्ञासामा प्रष्ट पार्दै मन्त्री ढुङगेलले ३ नम्वर प्रदेशको राजधानी दुइ तिहाइ साँसदहरुको निर्णयमा ३ नम्वर प्रदेशभित्रको जुनसुकै ठाउँमा पनि तोकिने बताए । नाम र राजधानी नतोकिएकै कारण काम गर्न कुनै पनि अप्ठ्यारा नभएकाले हतार नै नभएको भएपनि प्रदेशको पहिचानका लागि पनि छिट्टै राजधानी तोकिने उनले बताए । करिव २ सय ५० वर्षपछिको एउटाखाले शासन ब्यवस्था पछि आएको संघियता अनुसार प्रदेश सरकार नयाँ संरचना भएकाले सुरुवाती बर्षमा कर्मचारीको समेत अभाव देखिदाँ काम गर्न अप्ठ्याराहरु रहेकाले देखिने काम नभएको उनले स्वीकार गरे ।
धादिङ जिल्लाको त्रिशुली नदीलाइ कसरी भरपुर उपयोग गर्न सकिन्छ भनेर योजना बनाइ अघि बढिरहको उहाँले बताए । केन्द्रिय सरकारको निति अनुरुप त्रिशुली नदीको दाशढुङगा देखी भारतको गाँजीपुरसम्म पानी जहाज चलाउनेका लागि केन्द्रिय सरकारसंग सहकार्य गरिने बताए । प्रमुख प्रतिपक्षी दलप्रति लक्षित गर्दै मन्त्री ढुङगेलले जनताले २ तिहाइ मतका साथ निर्वाचित गरेर ५ वर्षको लागि सरकार चलाउन दिएकाले कोही कसैले आन्दोलन गर्दैमा सरकार चिन्तित नहुने उहाँको तर्क थियो । नेपाली काँङगे्रसले कुनै एजेन्डा नपाएर गोविन्द केसीलाए उचालेर सरकार विरुद्ध लागिपरेको आरोप लगाए । नेकपाको सरकार चोर जनताको हितका लागि सरकारले जस्तोसुकै जोखिम मोलेर भएपनि विकास निर्माणमा अघि बढ्ने मन्त्री ढुङगेलको उद्घोष गरे ।
२०७५ माघ २० गते प्रकाशित