Sat. Mar 15th, 2025

चिकित्सा विधेयकमा संशोधनबारे कांग्रेसमा अन्योल

१७ माघ, काठमाडौं

राष्ट्रियसभामा पुगेको चिकित्सा शिक्षा विधेयकमा छुट्टै संशोधन हाल्ने की राष्ट्रिय जनता पार्टी (राजपा) कै संशोधन प्रस्तावलाई समर्थन गर्ने भन्नेमा कांग्रेसभित्र छलफल चलिरहेको छ । सरकारलाई समर्थन गरेको राजपाका राष्ट्रियसभाका सांसद वृषेशचन्द्र लालले बुधबार संसद सचिवालयमा संशोधन दर्ता गराएका छन् ।

कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे लालकै संशोधनलाई समर्थन गर्ने की छुट्टै संशोधन हाल्ने भन्ने विषयमा छलफल चलीरहेको बताउँछन् । कार्यव्यवस्था परामर्श समितिको बैठक अगाडि नै एउटा निश्कर्षमा पुगीसक्ने पाण्डेले  बताए ।

२०७५ माघ  १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: