Sat. Mar 15th, 2025

यसकारण स्ववियु निर्वाचनमा कांग्रेसले देखायो अनिच्छा

१५ माघ, काठमाडौँ –

सरकारले त्रिभुवन विश्वविद्यायलअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने पहलमा कांग्रेस अनिच्छुक देखिएको छ । पछिल्ला समय कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ सरकारविरुद्ध आन्दोलनमा रहेका कारण तयारी गर्न नसक्ने अवस्था देखिएपछि उसले यस्तो रणनीति अपनाएको हो ।

त्रिविको क्यालेण्डरअनुसार फागुन १४ मा नै स्ववियु निर्वाचन गराउने पक्षमा सरकार छ । आइतबार साँझ प्रधानमन्त्री केपी ओलीसँग भएको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले स्ववियु निर्वाचनका लागि सरकारले राजनीतिक माहोल बनाउनु पर्नेमा जोड दिए ।

२०७५ माघ १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: