Sat. Mar 15th, 2025

डा. केसीको स्वास्थ्य अवस्था जटिल

१५ माघ, काठमाडौँ –

अनशनरत डा. गाेविन्द केसीको स्वास्थ्य अवस्था निरन्तर खस्किँदो अवस्थामा रहेका र शरीरमा सेतो रगतको मात्रा पनि कम रहेको उनको उपचारमा संलग्न डा. सुवास आचार्यले बताए। डा. केसीले केही खाली पेट भएका कारणले सेतो रगतको मात्र कम हुँदै गएको उनको भनाइ छ।

उनको स्वास्थ्य दिनप्रतिदिन कमजोर बन्दै गएको छ। डा. केसीलाई संक्रमणको उच्च जोखिम रहेकाले चिकित्सकले निरन्तर निगरानीमा राखेको डा. आचार्यले बताए। पुस २५ देखि इलामबाट अनशन सुरु गरेका डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याएर उनलाई त्रिवि शिक्षण अस्पतालको आइसियुमा भर्ना गरिएको थियो। आफ्ना माग पूरा नभएसम्म अनशन जारी राख्ने डा. केसीको अडान छ।

२०७५ माघ १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: