Mon. Mar 10th, 2025

यूएईलाई हराउँदै नेपालले जित्यो एकदिवसीय सिरिज


१४ माघ, धादिङ –

नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले पहिलो सिरिज आफ्नो पक्षमा पारेको हो ।

यससँगै तीन म्याचको सिरिज नेपालले २–१ ले आफ्नो पक्षमा पारेको छ । गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो ।

नेपाललाई जिताउने क्रममा कप्तान पारस खड्काले ९६ बलमा सतक प्रहार गर्दै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सतक बनाउने पहिलो खेलाडी पनि बने । उनले १०९ बलमा ११५ रन बनाएका थिए ।

पहिलो एक दिवसीय खेल तीन विकेटले गुमाएको नेपालले दोस्रो खेलमा भने उत्कृष्ट कमब्याक गर्दै घरेलु टोली यूएईमाथि एक सय ४५ रनको फराकिलो जित हात पारेको थियो ।

तेस्रो खेलमा पनि आफुले चाहे अनुसारकै परिणाम निकाल्दै नेपालले सिरिजमा कब्जा गरेको हो । पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपालले दोस्रो र तेस्रो खेलमा ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दा जित सम्भव भएको हो ।

२०७५ माघ १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: