Thu. Nov 28th, 2024

देशभर ४५ सय मिर्गौला रोगीलाई निशुल्क डायलाइसिस

७ माघ, काठमाडौं

सरकारले मिर्गौला रोगीलाई दिएको निशुल्क डायलासिस सेवा ४५ सय भन्दा बढी मिर्गौला रोगीले लिएका छन् ।

स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले आइतबार शिक्षा तथा स्वास्थ्य समितिमा प्रस्तुत गरेको तथ्याङ्कअनुसार ४५ सयले हेमोडायलाइसिस सेवा निुल्क लिइरहेका छन् । त्यस्तै १९८ जनाले पेरिटोनियल डायलाइसिस (पिडी) गरिरहेका छन् ।

प्रदेश ३ मा मात्रै करिब ३ हजार मिर्गौलाका रोगीले सेवा लिइरहेको राज्यमन्त्री यादवले बताए । तथ्याङ्कअनुसार प्रदेश ३ मा २९ सय ७० ले हेमोडायलाइसिस सेवा लिइरहेका छन् भने, पेरिटोनियल डायलाइसिस गरिरहेका बिरामीको संख्या १५३ छ ।

यो अन्य प्रदेशको तुलनामा उच्च हो । प्रदेश ३ मा डायलाइसिस गर्नका लागि सूचीकृत अस्पतालको संख्या २६ वटा रहेको छ भने, ४१० वटा मेसिन छन् ।यसैगरी, प्रदेश ५ मा हेमोडायलाइसिस सेवा लिइरहेकाहरुको संख्या ५४० छ । प्रदेश ५ मा डायलाइसिस गर्नका लागि सूचीकृत अस्पतालको ४ वटा रहेको छन् भने, ७२ वटा मेसिन उपलब्ध छन् ।

गण्डकी प्रदेशमा ३३० जनाले हेमोडायलाइसिस र ४५ जनाले पेरिटोनियल डायलाइसिस गरिरहेका छन् । प्रदेश १ मा ३६० र प्रदेश २ मा २१०, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ६ जनाले हेमोडायलाइसिस सेवा लिइरहेका छन् ।

२०७५ माघ ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: