१९ बैशाख काठमाडौँ – शनिबारको गएको भूकम्पपछि वेपत्ता भएका पत्रकार सुमन बम्जनको शव भेटिएको छ ।
शनिबार बिहान ११ बजे महाबौद्धस्थित तीनवटा घरले पुरेको अवस्थामा पत्रकार बम्जनको शव भेटिएको हो। गोरखापत्र दैनिकका खेल पत्रकार बम्जनलार्इ प्युखास्थित डेरामा फर्कने क्रममा भूकम्पका क्रममा ढलेका घरले पुरेको थियो । बम्जन खेलकुद पत्रकार मञ्च मकवानपुर समन्वय समितिका अध्यक्षसमेत हुनुहुन्थ्यो ।
बम्जनले मकवानपुरबाट काठमाडौं आएर नेपाल एफएमबाट पत्रकारिता थाल्नुभएको थियो । उहाँ चार वर्षअघिबाट गोरखा पत्र दैनिकमा खेल पत्रकारका रुपमा कार्यरत हुनुहुन्थ्यो ।