Fri. Mar 14th, 2025

कसैलाई अपमान गरेर राष्ट्रिय एकता हुँदैन : प्रचण्ड


१ माघ धादिङ–

पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैलाई अपमान गरेर राष्ट्रिय एकता नहुने बताएका छन् । लि लः फङ घले समाजको ल्होसर कार्यक्रमको उद्घाटन गर्नको लागि धादिङबेसी आएका प्रचण्डले संविधान जारी गर्नको लागि उत्पिडित जाति र भाषिक समुदायको बलिदान अतुलनीय रहेकाले सबैलाई सम्मान गरेमा मात्र एकता हुने बताएका हुन् । जनताका हक अधिकार सुनिश्चित गराउनको लागि कुनै पनि कसर बाँकी नराख्ने बताए ।

संघिय लोकतान्त्रिक गणतन्त्रको संविधानले सबै जातजाति, भाषाभाषी र वर्ग समुदायको अधिकारलाई सुनिश्चित गर्ने जमर्को गरेको भएपनि पुर्ण नभएकाले संसोधन गर्दै लैजाने बताए । यो देशमा बस्ने कुनैपनि समुदायले विभेद महशुस गर्न नपरोस भनेरै संविधानमा समावेशी लोकतन्त्र राखिएको बताउदै प्रचण्डले कुनैपनि एउटा जातजातिलाई तल राखेर राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनता बलियो हुनै नसक्ने तर्क गरे । संविधानका देशको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वतन्त्रता बाहेक अन्य कुनैपनि विषयलाई अपरिवर्तनीय भनेको छैन । त्यसकारण समय र परिस्थिति अनुसार संसोधन गर्दै लैजान सकिने उनको भनाई छ ।

घले जाती आदिवासी जनजातीको सुचिमा छुटेको कुरा आँफुले भर्खरै मात्र थाहा पाएकाले छुट्टै पहिचान र अस्तित्व रहेको घले जातिलाइ आदीवासी जनजातीको सुचिमा सुचिकृत गराउन सरकार, संसद र पार्टीबाट पहल गर्ने प्रतिवद्धता समेत प्रचण्डले ब्यक्त गरे । सोही कार्यक्रममा घले समाजको तर्फबाट घलेजातीलाई आदीवासी जनजातीको सुचिमा सुचिकृत गराउनको लागि दवाव स्वरुप प्रचण्डलाइ ज्ञापन पत्र बुझाइएको थियो । घले जातिको इतिहासलाइ सरसर्ती अध्ययन गर्दा आदीवासी जनजातिको सुचिमा नराख्दा अन्याय नै भएको उनले बताए ।

२०७५ माघ १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: