

उपेन्द्र जमरकट्टेल / २५ पुस, हेटौडा –
प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले कानुनको पहुँच सबैलाई समान हुनुपर्ने बताएका छन् ।
बुधबार प्रदेश ३ को अस्थाई राजधानी हेटौडामा भएको नागरिता र महिलाको कानुनी सम्बन्धि प्रदेश स्तरीय संवाद कार्यक्रममा बुबा पत्ता नलागेका आमाहरुबाट जन्मेका बालबालिकालार्इ पनि नागरिकता दिनुपर्ने बताए ।
अन्तरिम संविधान देखिनै महिलाकोहरुको समान सहभागीता समानुपातिक सहभागी र अहिलेको संहिता र मौलिक हक सबन्धी व्यवस्था मा थुप्रै कुराहरु महिला सबन्धी उत्पिडन भेदभाव अन्याय अत्याचार राजनीतिक परिवर्तन सग सगै संबोधन हुँदै गएको उनले बताए ।
नेपाको कानुन उत्कृष्ट हुदाँहुदै पनि कार्यन्वयन गर्ने सवालमा धेरै कमजोरी रहेको बताए । अहिलेको कानूनी प्रक्रिया पुरातनबादी २/४ सय बर्स अगाडिको जस्तो अशिक्षित र निमुखा हरुले कुनै न्याय नपाउने र साधारण गरिव किसानहरुलाइ प्रशासक हरुले गर्ने व्यबहार राम्रो नभएको उनको भनाई छ ।
अर्को प्रसंगमा दोहोरो सुबिधा,अन्य सेवा सुबिधा बढी प्रयोग गरियको भनी संचार माध्यमा आयको समाचार प्रति ध्यानाकर्षण भएको भन्दै कार्यक्रममा जादा मन्त्रालयबाट र कार्यलय प्रयोजनको लागि मुख्य मन्त्री कार्यलयबाट लिने नियम अनुसार नै भएको र सत्य तथ्य नबुझी जथाभावी नलेख्न पत्रकारलाइ सुझाव दिए ।
२०७५ पुस २५ गते प्रकाशित