Fri. Jan 31st, 2025

संचार अवरुद्ध हुँदा आफन्त बेखबर

IMG_9718सरिता श्रेष्ठ / १७ बैशाख,  धादिङ  –  महाभुकम्पमा परी जिल्लाका अधिकांश घरहरु ध्वस्त भएसंगै संचार र विजुलीको आपूर्ति पनि ठप्प भएको छ । नियमित विद्युत आपूर्ति नहुँदा दरसंचार सेवा प्रदायक कम्पनीहरुले सेवा दिन नसक्दा परिवार भन्दा ठाढा रहेका व्यक्तिहरु बेखर बनेका छन् ।

विशेष गरी विदेशमा रहेका नेपालीहरुले घरमा रहेका आफन्तहरुलाई फोनमा सम्पर्क गर्न नसकेका आक्रोसहरु सामाजिक संजालका भित्ताहरुमा पोखिएका छन् । गाउँमा रहेका व्यक्तिहरुले पनि घर बाहिर रहेका आफन्तहरुसंग संचार सम्पर्क गर्न सकिरहेका छैनन् ।

जिल्लाबाट अन्यत्र जिल्लामा कामका लागि गएकाहरुले पनि आफ्नो गाउँघरमा सम्पर्क गर्न सकेका छैनन् । भुकम्पमा परी सिन्धुपाल्चोक जिल्लामा कार्यरत रहेका धादिङ सुनौबजारका प्रहरी हवल्दार समसेर नेपालीको मृत्यु भएको खबर परिवारले पाउन तीन दिन लाग्यो । जिल्ला प्रहरी कार्यालयमा घटना भएकै दिन खबर आएपनि संचार असुविधाकै कारण तत्काल परिवारलाई खबर गर्न नसकिएको प्रहरी निरिक्षक बासुदेव थापाले बताउनुभयो । भुकम्प प्रभावित जिल्लाहरुमा कार्यरत धादिङका कर्मचारीहरु र धादिङ जिल्लामा कार्यरत अन्य जिल्लाका कर्मचारीहरु पनि परिवारसंग सम्पर्कमा रहन नसक्दा चिन्तित देखिन्छन् ।

विद्युत आपुर्ति ठप्प हुँदा जेनेरेटर चलाएका सरकारी कार्यालयहरुमा र सवारी साधनहरुमा मोवाइल चार्ज गराउनेहरुको भीड लागेको छ ।

About The Author

अन्य समाचारहरु: