१२ पुस, काठमाडौं
सरकारले बंगलादेश, दक्षिण कोरिया र स्पेनका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएको छ । बंगलादेशका लागि राजदूत रहेका डा. चोपलाल भुसाल , स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझी र दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुन जंगबहादुर सिंहलाई फिर्ता बोलाइएको हो ।
उनीहरुलाई यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्ति गरेको थियो ।
२०७५ पुष १२ गते प्रकाशित