Mon. Mar 10th, 2025

बिग ब्यास लिगमा सन्दीपले आज तेस्रो खेल खेल्दै

१२ पुस, काठमाडौं

नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले बिग बास लिग क्रिकेटमा आज सिड्नी सिक्सर्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

सिड्नी क्रिकेट मैदानमा हुने खेलमा मेलबर्न पहिलो जितको खोजिमा हुनेछ । यसअघि खेलेको दुबै खेलमा पराजित भएको मेलबर्नको लागि यो खेल जित्नै पर्ने दबाबमा रहेको छ ।

यता, घरेलु टोली सिड्नी पनि मेलबर्नलाई पराजित गर्ने लक्ष्यमा रहेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो दुई बजे सुरु हुनेछ ।

बिग ब्यासमा आफ्नो डेब्यु खेलमा नै दमदार उपस्थिति जनाएका सन्दीपले आजको खेलमा कति विकेट लिन्छन् ? उनले दुई खेलमा कुल पाँच विकेट लिई सकेका छन् ।

पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध सन्दीपले दुई विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा होबार्ट हुरिक्यानेसविरुद्ध तीन विकेट लिएका थिए ।

२०७५ पुष १२ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: