Sat. Nov 30th, 2024

दिगम्बरलाई बर्खास्त गर्न ओली-प्रचण्डलाई ४३ नेताको पत्र

८ पुस, काठमाडौं

सरकारको नेतृत्वकर्ता दल नेकपाका ४३ केन्द्रीय सदस्यहरुले भ्रष्ट र विवादित छवी भएकाहरुको राजनीतिक नियुक्ति र मानपदवी खारेज गर्न माग गर्दै पार्टी नेतृत्वलाई ज्ञापन पत्र बुझाएका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले दिगम्बर झा र विवादित व्यक्तिहरुलाई यथाशीघ्र पदबाट बर्खास्त गर्न अनुरोध गरेका छन् ।

यसअघि गत मंगलबारको स्थायी कमिटी बैठकमा पनि दिगम्बरको नियुक्तिमा नेता योगेश भट्टराईले प्रश्न उठाएका थिए ।

नेकपाका नेताहरुले सरकारको कार्यशैलीले कम्युनिष्ट सरकारको गरिमा र लोकप्रियतामा गम्भीर धक्का दिनेतर्फ नेतृत्वको ध्यानाकर्षण गराएका छन् । उनीहरुले यसलाई जारी स्थायी कमिटीको बैठकमा छलफलको विषय बनाउन मागसमेत गरेका छन् ।

ज्ञापन पत्रमा ‘मेरो समर्थन छ’ भनी समर्थन जनाएको भन्दै ३६ केन्द्रीय सदस्यहरुको नामावली छ । हस्ताक्षर नै गर्नेहरुमा भने कृष्ण के.सी. ठाकुर गैरे, माधव अर्याल, भाष्कर काफ्ले, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा र डा.विजयकुमार पौडेल गरी जम्मा ७ जना छन् ।

२०७५ पुस ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: