

८ पुस, धादिङ –
फिफा क्लब विश्वकपको उपाधि स्पेनिस क्लब रियल मड्रिडले जितेको छ । युएईको आबु धावीमा भएको खेलमा घरेलु टिम अल ऐनलाई ४–१ ले हराउँदै रियल लगातार तेस्रो पटक च्याम्पियन बन्न सफल भयो ।
समग्रमा रियलको यो चौथो क्लब विश्वकप उपाधि हो । १४औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा रियल १–० ले अघि रह्यो ।
मर्कोस लोरेन्टेले २५ यार्ड टाढाबाट हानेको प्रहार गोलमा परिणत भएपछि रियलले खेलको ६०औं मिनेटमा रियलले अग्रता २–० मा लम्ब्यायो । ७८औं मिनेटमा सर्जियो रामोसले लुका मोड्रिचको कर्नर प्रहारलाई हेडमार्फत गोलमा परिणत गरेपछि रियलले उपाधि करिब करिव निश्चित बनायो ।
८६औं मिनेटमा शुकासा शिओटानीले अल ऐनका लागि गोल गर्दै रियलको अग्रता घटाउने प्रयास गरेपनि इन्ज्युरी समयमा याया नदेरले इन्ज्युरी समयमा आत्मघाती गोल गरेपछि रियल ४–१ ले विजयी भयो ।
२०७५ पुस ८ गते प्रकाशित