

७ पुस, धादिङ –
एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलको उपाधि ललितपुरले जितेको छ । टियू क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनलमा भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो ।
पहिलो खेलमा विराटनगर वारियर्ससँग पराजित भएको भैरहवाले बाँकी खेलमा अपराजित रहँदै उपाधि जित्न सफल भयो । टस हारेर पहिला ब्याटिङ गरको ललितपुरले १९.१ ओभरमा १५५ रन बनाएको थियो । ललितपुरका लागि जयकिशन कोल्सावालाले अर्धशतकीय पारि खेल्दै टिमलाई सम्मानजनक स्कोरमा पुराउन मद्दत गरेका थिए ।
कोल्सावालाले ४७ बलमा अर्धशतक बनाउँदा २ चौका र ३ छक्का प्रहार गरेका थिए । एक छेउबाट लगातार विकेट गुमे पनि अर्को छेउमा कोल्सावालाले ललितपुरको पारी अगाडि बढाएका थिए । उनले आफ्नो पारीमा ३ छक्का र ३ चौकाको मद्दतले ५७ रन जोडेका थिए ।
ओपनिङ गर्न आएका जयकिशन कोल्सावाला र गौरब तोमारले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए ।
२०७५ पुस ७ गते प्रकाशित