५ पुस, धादिङ –
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका –१ सल्यानटारमा रहेका बालबालिकाहरुलाई खाद्यन्न तथा न्यानोकपडा वितरण गरिएको छ ।
सल्यानटारमा रहेको रुपानुगा परा बिद्यापिठ नरसिंह धाममा रहेका ४५ जना बालबालिकाहरुलाई वितरण गरिएको हो । यूएईमा कार्यरत काठमाण्डौं बालकोटका सन्तोष अधिकारी, काँडाघारीका राजकुमार थापा, ताँचल बस्ने बद्री प्रसाद हुमगाँई र धादिङका प्रकाश श्रेष्ठ र यूएईमै कार्यरत पुकार श्रेष्ठको पहलमा ४५ हजार बराबरको खाद्यन्न र लत्ताकपडा वितरण गरिएको हो । विदेशमा कमाइ गरेको केही हिस्सा बालबालिकाका क्षेत्रमा खर्चिकाएको श्रेष्ठको भनाई छ ।
युवाहरु मिलेर संकलन गरिएको रकमबाट एक कार्यक्रमको आयोजना गरि त्रिपुरा सुन्दरी गाउँपालिका –२ का वडा अध्यक्ष कृष्ण बहादुर खत्रीले सामग्री हस्तान्तरण गरेका थिए ।
युवाहरुले धादिङसहित डोल्पा, मुगु, सल्यान, कालिकोट लगायतका जिल्लाहरुका आश्रय लिएर बसेका बालबालिकालाई सहयोग गरेको प्रकाश श्रेष्ठले जानकारी दिए । जाडो मौसममा न्यायो कपडा पाएपछि बालबालिकाहरु खुसी भएका छन् । आश्रममा अभिभावक नभएका बालबालिकाहरु आश्रित छन् ।
२०७५ पुस ५ गते प्रकाशित