Mon. Mar 3rd, 2025

पानी र हावाहुरीले उद्धार कार्य प्रभावित, दुर्गममा राहत पठाउन सकिएन

शंकर श्रेष्ठ, धादिङ
मंगलबार परेको पानी र हावाहुरीले महाभुकम्पमा परी घाइतेभएकाहरुको उद्धारकार्य प्रभावित भएको छ ।
अचानक आएको पानी र हावाहुरीपछि उद्धारको पर्खाहइमा रहेका उत्तरी धादिङको विकट क्षेत्रका घाइतेहरुको स्वास्थ्य जटिल बन्दै गएको स्थानीयहरुले बताएका छन् । सडक सन्जालले नछोएको तिप्लिङकको लिङचोमा अझै पनि ५० भन्दा बढि घाइतेहरु उद्धारको पर्खाइमा बसेको स्थानियहरुले भनाइ छ । भुकम्पछि तत्काल उद्धार हुन नसक्दा आज उद्धार गरिरहेको अधिकाँश घाइतेहरुको घाउ पाकेको अवस्थामा सदरमुकाम ल्याइपुर्याइएको थियो ।

IMG_9700

गाउँगाउँका अधिकाँश युवाहरु रोजगारी र अध्ययनका लागि गाँउ बाहिर गएकाले घरमा वालवालिका, महिला र वृद्धवृद्धा मात्र भएका कारण उद्धारमा ढिला भएकाले मृतकको संख्या बढेको उद्धारमा संलग्नहरुको भनाई छ । महाभूकम्प गएको ६ घण्ट्टाबाटै नेपाली सेनाको हेलिकप्टरले उद्धार शुरु गरेकोमा आईतवार र सोमवार भारतीय वायु सेनाको हेलिक्पटर र प्राइभेट गरी ३ वटा हेलिकप्टरले उत्तरी धादिङका विभिन्न गाविसमा पुगेर घाईतेलाई सदरमुकाम ल्याई उपचार भईरहेको छ । गम्भीर घाईतेहरुलाई काठमाण्डौ, भरतपुर र पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो ।3
भारतीय वायु सेनाको हेलिकप्टर ठुलो भएको र तिप्लिङ, लापा, सेर्तुङ रि गाँउमा साँघुरा गहरा भएका कारण अवतरण गराउन नसक्दा उद्धारमा ढिलाई भईरहेको छ । मंगलवार साना हेलिकप्टर ल्याइएपनि मौषम विग्रिएकाले सोचेअनुरुप उद्धार गर्न कठिनाइ भइरहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनुभयो । बुधवारसम्ममा उद्धार कार्य सकिने र त्यसपछि तदारुकताका साथ राहत सामाग्री वितरणमा लागिपर्ने प्रहरी नायव उपरिक्षक प्रकाश मल्लले बताउनुभयो ।
अचानक आएको हावाहुरीले घर छाडेर खुल्ला चौरमा बसिरहेकाहरुलाइ प्रभावित बनाएको छ । अधिकाँश मानिसहरु त्रिपाल टाँगेर बसिरहेपनि हावाहुरी र पानीका कारण त्रिपाल उडाउदा जनजिवन कष्टकर बनेको छ ।
सदरमुकाम आसपासमा त्रिपाल टाँगेर बसिरहेपनि घर भत्केका अधिकाँश गाउहरुमा त्रिपाल पुरयाउन नसक्दा स्थानियहरु खुल्ला आकाशमुनी रात विताउन बाध्य भएका छन । घर भत्केर लत्ता कपडा पनि घरभित्रै पुरिदा ओड्ने ओच्छाउने समेत कपडा नपाएको स्थानियहरुले टेलिफोन सम्पर्कमा बताएका छन । जिल्लाका ग्रामिण इलाकाहरुवाट खानेकुराको अभाव भइरहेको जानकारी आएको छ ।
उत्तरी धाङिमा स्वास्थ्य कार्यक्रम गरिरहेको हिमालयन हेल्थ केयर धादिङका संयोजक शम्भुसंह ठकुरीले भने, सेर्तुङमा एक स्कुलमा करिव ३०० स्थानियहरु त्रिपाल टागेर बसिरहेका छन । गाउँका अधिकांश घरहरु भत्किएकाले घरभित्रका खाद्यसामाग्रीहरु निकाल्न नपाउदा भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।

About The Author

अन्य समाचारहरु: