Tue. Nov 26th, 2024

नेपाली कांग्रेसले आन्दोलन सशक्त र प्रभावकारी बनाउने निर्णय

काठमाडौं, कात्तिक २७  एकीकृत माओवादी नेतृत्वको सरकारले मुलुकको संकट समाधान नगर्ने निष्कर्ष निकाल्दै नेपाली कांग्रेसले आन्दोलन सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ। शान्तिपूर्ण आन्दोलनमा जुट्न कांग्रेसले पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ।

सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा आइतबार बसेको पार्टी पदाधिकारी तथा राजधानीमा उपलब्ध केन्द्रीय सदस्यको अनौपचारिक बैठकले आन्दोलनमा व्यापक जनसहभागिता जुटाउन पार्टीका सबै भ्रातृसंगठनलाई आह्वान गरेको छ। ुकांग्रेसलगायत दलले घोषणा गरेको आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउने निर्णय भएको छ,ु प्रवक्ता दिलेन्द्रप्रसाद बडुले भने, ुपार्टीले जिम्मेवारी पाएको स्थानमा व्यापक सहभागिता जुटाउन नेता(कार्यकर्ता केन्द्रित हुनेछन्।ु
राजनीतिक अन्योलबाट मुलुकलाई निकास दिन चुनावका लागि राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने कांग्रेसको धारणा छ। ुअहिलेको राजनीतिक र संवैधानिक संकटको निकास चुनावबाट मात्र सम्भव छ,ु बडुले भने।
एकीकृत माओवादी नेतृत्वको सरकारले संकटको समाधान नचाहेको आरोप लगाउँदै कांग्रेसले समग्रमा समाधान खोज्नुपर्ने निष्कर्ष निकालेको छ। ुसम्पूर्ण ध्यान चुनावमा केन्द्रित गरी सहमतिको सरकार बनाएर अघि बढ्नुपर्छ,ु बडुले भने, ुफुटकर कुरामा होइन, समग्रमा समाधान खोज्नुपर्छ।ु
उपसभापति रामचन्द्र पौडेलले प्रस्तावित आन्दोलन प्रभावकारी बनाउन काम बाँडफाँट गर्नेबारे छलफल भएको बताए। उनले भने, ुकेन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यलाई जिल्लामा खटाउनेबारे निर्णय गर्नेछ।ु

विनासहमति वर्तमान सरकारलाई बजेट ल्याउने संवैधानिक अधिकार नभएको अडान कांग्रसले राखेकोे छ। ुबजेटबारे पार्टीको अडान यथावत छ,ु पौडेलले भने, ुसहमतीय सरकारले मात्र सहमति जुटाएर बजेट ल्याउनसक्छ।ु
कांग्रेसले बजेटबारे सरकार र सत्तारुढ दलसँग छलफल नगर्ने निर्णय गरेको छ। ुबजेटबारे सरकार र सत्तारुढ दलसँग छलफल गर्नुको अर्थ छैन,ु बडुले भने, ुसमग्र विषयमा छलफल नहुने भएपछि आइतबार साँझ एकीकृत माओवादी अध्यक्षले बोलाएको बैठकमा सहभागी भएनांै।ु

About The Author

अन्य समाचारहरु: