Sun. Mar 16th, 2025

मुम्बईको एक अस्पतालमा भीषण आगलागी हुँदा ६ जनाको मृत्यु, १ सय ३० घाईते


३ पुस, काठमाडौं –

भारतको मुम्बईस्थित एक अस्पतालमा भीषण आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।

आगलागीमा परेर १ सय ३० जनाभन्दा धेरै घाइते भएका छन् । मुम्बईको मरोल क्षेत्रस्थित इएसआईसी कामगार अस्पतालमा आगलागी भएको हो ।हिजो साँझ सुरु भएको आगलागी दमकल पुग्दासम्म निकै फैलिएकाले ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन् ।

अस्पतालमा आगलागी भएपछि धेरै व्यक्तिले ज्यान जोगाउन छतबाट हाम फाल्दा उनीहरु पनि घाइते भएका बताइएको छ ।अस्पतालको सबैभन्दो तल्लो तलाबाट आगलागी सुरु भएको हो । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । आगलागीको कारण खुल्न नसकेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

 

२०७५ पुस ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: