Wed. Nov 27th, 2024

विमानस्थल कार्यालयबाट ७ करोड २४ लाखको चेक गायब


२९ मंसिर, काठमाडौं —

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट १० थान चेक गायब पारिएको छ ।

मलेसियाको अन्तर्राष्ट्रि वायुसेवा कम्पनी एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि जिएसए अरिमान लामाको इन्सेन्टिभ टुर्स प्रालिले बुझाएका ती चेक गाय पारिएका हुन् ।

स्रोतका अनुसार ट्राभल्स कम्पनी र विमानस्थल कार्यालयका कर्मचारीको मिलेमतोमा ती चेक गायब पारिएको हो ।, आजको नागरिकदैनिकमा यो खबर छ ।

नागरिक उड्यान प्राधिकरणका महानिर्देशक सञ्जिब गौतमका अनुसार गायब पारिएका १० थान चेक करिब ७ करोड २४ लाख रपैयाँबराबरका छन् ।

२०७५ मंसिर २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: