Mon. Mar 10th, 2025

साफ महिला च्याम्पियनसिप : उद्घाटन खेल नेपालले भुटानसँग खेल्ने

२८ मंसिर, काठमाडौँ –

विराटनगरमा हुन लागेको साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ ।

उपत्यका बाहिर हुन लागेको यो सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । समूह एमा नेपालसहित बंगलादेश, भुटान र पाकिस्तान छन् । समूह बीमा भने भारत, माल्दिभ्स र श्रीलंका गरी जम्मा तीन टिम छन् ।

माघ २९ गतेदेखि हुने प्रतियोगिताको पहिलो दिन बंगलादेश र पाकिस्तान पनि खेल्नेछन् । नेपालले फागुन दुई गते पाकिस्तानसँग र चार गते बंगलादेशसँग खेल्नेछ ।

समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल फागुन आठ गते हुनेछ ।

२०७५ मंसिर २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: