

२३ मंसिर, धादिङ –
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेस साँस्कृतिक र धार्मिक विखण्डनको पक्षमा नभएको बताएका छन् ।
धादिङको बेनिघाट रोराङ गाउँपालिकाको चरौदीमा मंसिर १४ गतेदेखि २३ गतेसम्म संचालित कृषि, पर्यटन तथा औद्योगिक मेलाको समापन कार्यक्रममा बोल्दै नेता पौडेलले साँस्कृतिक द्धन्द्धको अवस्थालाई नेपालमा आउन नदिनका लागि नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताए ।
कुनै पनि धर्म र साँस्कृतिक विखण्डन नगर्न सबैलाई आग्रह गरेका छन् । काँग्रेसकै नेतृत्वमा बनेको संविधानले सबै जातिको कदर गरेको बताए । ‘नेपाली काँग्रेस कुनै जातिय विभेद, धार्मिक विभादमा घचेटिन चाहदैन’, नेता पौडेलले भने, ‘संविधानले बहुजाति, बहुभाषिको कदर गरेको छ, त्यसैले यो समय आपसमा द्धन्द्ध गर्ने बेला होइन, देशको विकास गर्ने बेला हो ।’ सत्ताधारीलाई सङकेत गर्दै नेता पौडेलले संविधान जसको नेतृत्वमा जारी भएको छ, त्यो संविधान प्रति प्रतिवद्ध रहेको बताए ।
अहिले साँस्कृतिक द्धन्द्ध, भाषिक द्धन्द्धको बेला नभई देशको विकास गर्ने बेला भएको नेता पौडेलले बताए । सरकारले चलाएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानलाई समर्थन गर्दै देशको समृद्धि र विकासका लागि नेपाली काँग्रेस प्रतिबद्ध भएको पौडेलको भनाई छ । काँग्रेसको नेतृत्वमा संविधान आएको कुरा स्मरण गराउँदै नेता पौडेलले देशको विकास समृद्धि पनि काँग्रेसलाई नै कुरेर बसेको बताएका छन् ।
२०७५ मंसिर २३ गते प्रकाशित