२२ मंसिर, धादिङ –
धादिङको गंगाजमुना गाउँपालिकालाई खुल्ला दिशामुक्त घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि संघिय सांसद खेमप्रसाद लोहनीबाट घोषणा गरिएको हो । सफासुन्दर धर्तिमा दिसापिसाव चर्पीमा भन्ने मूल नाराका साथ घोषणा गरिएको हो ।
गाउँपालिकाका छ हजार तीन सय १९ घरधुरी मध्ये ९९ प्रतिशत घरधुरिमा शौचालय भएको र १ प्रतिशतले साझेदारीमा प्रयोग गर्ने गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको कूल क्षेत्रफल १५२.७२ वर्गमिटर क्षेत्र खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद जगत सिंखडा, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम सम्पन्न गर्न केयर नेपाल, रिम्स नेपाल, सहास नेपाल, शान्ति नेपाल, फोकस नेपाल, वातावरण संरक्षण मञ्च, हिम्स नेपाल र कोसोक नेपालको सहयोग रहेको थियो । कार्यक्रमको अवसरमा सबै वडालाई र सहयोगी संघ संस्थालाई सम्मान गरिएको थियो ।
विभिन्न विद्यालयका शिक्षक विद्यार्थीहरुबाट प्लेकार्ड सहित र्यालि, तामाङ, घले, गरुङ समुदायको भेषभुषा सहितको र्याली, बाजागाजा सहित गाउँ परिक्रम गरिएको थियो । साथै विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो ।
२०७५ मंसिर २२ गते प्रकाशित