१८ मंसिर, धादिङ –
सरकारले हालैमात्र विवादस्पद एशिया प्यासिफिक समिट आयोजकबाट प्राप्त गरेको एक लाख डलरको सुशासन अवार्डमा त्यतिनै रकम थप गरेर युवा र बालबालिकाको हितमा काम गर्न कोष बनाउने निर्णय गरेको छ|
युनिभर्सल पीस फेडरेशन नामक संस्थाले प्रधानमन्त्रीलाई एक लाख डलर बराबरको शुसासन अवार्ड प्रदान गरेको थियो । प्रधानमन्त्रीले तत्कालै सो रकम कोष खडा गरी युवा विद्यार्थी र बालबालिकाको पक्षमा काम गर्न प्रयोग गरिने छ|
रधानमन्त्रीकै चाहना अनुसार अलग्गै कोष खडा गरी थप एक लाख डलर अर्थात नेपाली करिब एक करोड १५ लाख रुपैयाँ थपेर करिब अढाइ करोडको कोष खडा गर्ने निर्णय भएको छ| । सो कोषबाट विपन्न तथा दलित युवा विद्यार्थीको हितमा काम गरिने भएको छ । यसैबीच मन्त्रिपरिषद बैठकले कर्मचारी समायोजन अध्यादेश पनि स्वीकृत गरेको छ ।
२०७५ मंसिर १८ गते प्रकाशित