Sat. Nov 30th, 2024

‘नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम’

Plzof Kofl;lkms ;Dd]ng ;dfkfg ;df/f]x k|wfgdGqL s]kL zdf{ cf]nL cfOtaf/ Plzof Kofl;lkms ;Dd]ngsf] ;dfkfg ;df/f]xdf ;xefuL x'Fb} . t:jL/ M gjLg kf}8]n, /f;;

१७ मंसिर, काठमाडौं

एशिया प्रशान्त सम्मेलनले नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम रहेको र शान्ति कायम गर्न सबैले यसको अध्ययन गर्नुपर्नेमा जोड दिएको छ ।

युनिभर्सल पिस फेडेरेशन (युपिएफ) को आयोजनामा काठमाडौँमा दुई दिनसम्म चलेको सम्मेलनले काठमाडौँ घोषणापत्र जारी गर्दै सशस्त्र द्वन्द्व शान्तिपूर्ण वार्तामार्फत सफल भएको नेपालको शान्ति प्रक्रियालाई ऐतिहासिक उपलब्धि भनी उल्लेख गरेको छ ।  सम्मेलनले मानवीय र पृथ्वीमाथिको अस्तित्व चुनौती बनेको जलवायु परिवर्तनसँगसम्बन्धी गम्भीर मुद्दालाई विश्व समुदायले प्रभावकारी र तत्कालै सम्बोधन गराउन पहल गर्र्नुपर्नेमा जोड दिइएकोे छ ।

सम्मेलनको समापन कार्यक्रममा नेपालका लागि भारतका पूर्वराजदूत केभी राजनले घोषणापत्र पढेर सुनाउनुभएको थियो । घोषणापत्रमा अझ शान्तिपूर्ण र समतामूलक तथा समावेशी विश्व व्यवस्था कायम गर्न विश्वव्यापी सुरक्षामा बढ्दो चुनौतीलाई ध्यानमा राख्नुपर्ने उल्लेख गरिएको छ ।

दिगो शान्ति र खुशीका लागि विवाह र परिवारजस्ता परम्परा महत्वपूर्ण भएकामा जोड दिँदै सम्मेलनले उक्त परम्पराबाट नै दिगो विकासलाई अगाडि बढाउन समाज र राष्ट्रले सुरक्षा गर्नुपर्छ भन्ने विश्वव्यापी घोषणालाई ध्यानमा राखेको जनाएको छ । हिंसाबाट पीडित, अवसर र शिक्षाबाट बञ्चित महिलाको अवस्थामा सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै सम्मेलनले सबै तहका सरकारले यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ ।

सम्मेलनले जुनसुकै पेशा, राष्ट्रियता, संस्कृति, जातिका भए पनि सामाजिक दायित्व निभाउन युवा एवं विद्यार्थीलाई आग्रह गर्दै नैतिक छवि कायम गर्न, स्वचालित चेतना विकास गर्न र रुपान्तरणात्मक नेतृत्वको विकासमा युवा एवं विद्यार्थीको समावेश गर्र्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

आदर्श जीवनले नै परिवार, समाजमा र विश्व मानवीय सम्बन्धमा भिन्नता र मतभेद हटाउन मद्दत गर्ने उल्लेख गर्दै सम्मेलनले यसबाट नै विश्व परिवारको निर्माण हुनेमा जोड दिइएको छ । यही मङ्सिर १५ र १६ गते भएको सम्मेलन आयोजना गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल संयोजक र एकनाथ ढकाल सहसंयोजक रहेको समिति गठन गरिएको थियो ।

२०७५ मंसिर १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: