Sat. Nov 30th, 2024

एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्वाेधन

१५ मंसिर, काठमाडौं

विवादास्पद एसिया प्यासिफिक सम्मेलन शनिबारबाट काठमाडौंमा सुरू भएको छ । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् ।

ह्यात होटलमा दुई दिनसम्म चल्ने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका राजनेता तथा प्रतिनिधिहरुको सहभागिता छ । आयोजक संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ)ले नेपालका सबै राजनीतिक दलका नेताहरु, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई समेत कार्यक्रममा निम्तो दिएको छ । कार्यक्रममा १५ सय विदेशी अतिथी सहभागी हुने बताइएको छ ।

सम्मेलन आयोजक संस्था युनिभर्सल पिस फेडरेसनले देशभरका बालबालिकालाई जम्मा गरेर तालिमका नाममा ‘क्रिस्चियानिटी’को सैद्धान्तिक र व्यवहारिक अभ्यास गराउनेदेखि युवाहरुलाई विदेश पठाएर माग्न लगाउनेसम्म गरिरहेको पाइएपछि यो सम्मेलन विवादित बनेको छ ।

२०७५ मंसिर १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: