१४ मंसिर, धादिङ –
नेपाली काँङग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी सभापतिको कार्यशैलीका कारण नेपाली काँग्रेस गम्भीर संकटमा फसेको बताएका छन् ।
धादिङको घाटवेसीमा सुरु भएको नेपाली काँङग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता सिंहले कुनै एकजनाको सनकको भरमा पार्टीलाई डुवाउन नहुने बताए । बर्तमान नेतृत्वमा असक्षमताले गर्दा नेपाली काँग्रेसले सवै ठाउँमा पराजय बेहोर्नुपरेको बताए । ‘पार्टी अब सभापतिको कार्यशैलीले चल्दैन’, सिंहले भने, ‘देशमा कम्युनिष्टको रजगज बढेको बेलामा नेपाली काँङग्रेसको उर्जा कम्प्युनिष्ट विरुद्ध खर्च गर्नुपर्ने थियो तर विडम्वना आफ्नै पार्टी विरुद्ध उर्जा खर्च गर्नुपरेको छ ।’
जिल्ला कोषाध्यक्षहरुलाई सम्वोधनको क्रममा पार्टी सभापति शेर बहादुर देउवाको कार्यशैलीलार्य लिएर निकै समय टिप्पणी गर्नुभएका नेता सिंहले पार्टी नेतृत्वले समयमा आफूलाई नसच्याए काँग्रेसले झनै ठूलो क्षति बेहोर्नु पर्ने बताए । पार्टीलाइ विधान अनुसार पनि चलाउन नसक्ने अनि विधान अनुसार काम गरेन भनेर आलोचना गर्दा पार्टी फुटाउन लागेको भन्ने आरोप लगाउनु दुखद् रहेको बताए । ‘नेतृत्वको समर्थन गर्दा विधान बमोजिम हुने, अनि नेतृत्वको आलोचना गर्दा विधान बाहिर हुने प्रवृत्ति काँग्रेसभित्र छ,’ सिंहले भने, ‘जसले काँग्रेसलाई थप कमजोर बनाएको छ ।’
दुई दिनसम्म सञ्चालन हुने कोषाध्यक्ष भेलाले काँग्रेसको महाधिवेशन बैठकले काँग्रेसलाई नयाँ उर्जा दिनुपर्ने अधिकाँश कोषाध्यक्षहरुले बताएका छन् । काँग्रेसभित्र मौलाउँदो गुटले काँग्रेसलाई गम्भीर मोडमा पुर्याएकाले अब नयाँ शिराबाट काँग्रेस अगाडि बढ्नुपर्ने विषयमा छलफल भएको काँग्रेस धादिङका कोषाध्यष बाबुकृष्ण सापकोटाले बताए ।
२०७५ मंसिर १४ गते प्रकाशित